Section 31
दूरसञ्चार प्रणाली परस्परमा जोड्न र प्रयोग गर्न पाउने
(१) अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले विकास गरेको दूरसञ्चार प्रणाली अर्को अनुमतिपत्र प्राप्त व्यक्तिले विकास गरेको दूरसञ्चार प्रणालीसंग परस्परमा जोड्न र प्रयोग गर्न पाउनेछ ।
(२) अनुमतिपत्र प्राप्त एक व्यक्तिले विकास गरेको दूरसञ्चार प्रणाली अर्को अनुमतिपत्र प्राप्त व्यक्तिले जोड्न तथा प्रयोग गर्न अनुरोध गरेमा आपसमा मञ्जुरी भए बमोजिम मनासिब शर्त बन्देजको आधारमा वा त्यसरी मञ्जुरी हुन नसकेको अवस्थामा प्राधिकरणले निर्धारण गरेको शर्त बन्देजको आधारमा जोड्न तथा प्रयोग गर्न दिनु पर्नेछ ।